दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

ऋणका सेवाहरु

  • शेयर निपेक्ष कर्जा
  • आन्तरिक कर्जा १२%
  • धितो कर्जा १२%
  • हायरपर्चेज कर्जा १५%
  • शैक्षिक कर्जा १०%

शेयर निपेक्ष कर्जा

✅ सदस्यले संस्थामा रहेको आफ्नो पुँजीको ९० % रकम ऋण तुरुन्त निकाल्न सकिनेछ |

✅ ब्याजदर बार्षिक १२ % रहने छ |

✅ शेयर निपेक्ष ऋण १ दिन भित्र लगानी गरिनेछ |

✅ बचतको ९० % ऋण लगानी गर्दा सेवा शुल्क रु २०० लाग्नेछ |

आन्तरिक / धनजमानत कर्जा

✅ शेयर वर्ग ‘ क ‘ का लागि रु २,००,०००/- एक जना धनजमानतको सिफारिसमा |

✅ शेयर वर्ग ‘ ख ‘ का लागि रु १,५०,०००/- एक जना धनजमानतको सिफारिसमा |

✅ ब्याजदर बार्षिक १२ % रहने छ |

✅ ऋणको ब्याज मासिक र साँवा त्रैमासिक रुपमा भुक्तानी गर्न सकिनेछ |

✅ धनजमानत ऋण ३ दिन भित्र लगानी गरिनेछ |

✅ १ बर्ष भित्र ऋण चुक्ता गरि फेरी ऋण लिनेलाई ०.५ % सेवा शुल्क लाग्ने छ |

धितो जमानतको कर्जा

✅ सदस्य वा सदस्यको परिवारको घर जग्गा राखी धितो कर्जा लगानी गरिने छ |

✅ धितो मुल्यांकन गरि बढीमा रु २०,००,०००/- लगानी गरिने छ |

✅ धितो लगानी अधिकतम ५ वर्षको लागि गरिने छ |

✅ ऋणको ब्याज मासिक र साँवा त्रैमासिक रुपमा भुक्तानी गर्न सकिनेछ |

✅ ब्याजदर बार्षिक १२ % रहने छ |

✅ धितो जमानतका ऋण कम्तिमा ९ दिन भित्र लगानी गरिनेछ |

हायरपर्चेज कर्जा

✅ सवारी साधनको मुल्यको अधिकतम ६०% लगानी गर्न सकिने छ |

✅ ऋणको किस्ता र ब्याज मासिक रुपमा भुक्तानी गर्नुपर्ने छ |

✅ ब्याजदर १५ % रहनेछ |

✅ ऋण लगानीको अधिकतम समय सिमा १८ महिनाको रहने छ |

✅ निजि गाडीमा १२ मोडल माथि ऋण लगानी गरिने छ |

शैक्षिक कर्जा

शिक्षा ऋण लगानी तर्फा स्नातक तह नेपालमा अध्यन गर्नका लागि प्रतिव्यक्ति रु. ५,००,००० /- नबढने गरि बार्षिक १० % का दरले २ वर्षका लागि रु. २५, ००,००० /-ऋण लगानी गरिनेछ |

ऋण माग गर्दा आवश्यक पर्ने कागजातहरु

१. ऋण माग गर्ने सदस्यको नागरिकताको फोटोकपि र १ प्रति फोटो |

२. धनजमानी दिने व्यक्तिको नागरिकताको फोटोकपि |

३. ऋण मागको लागि सदस्य भएको ३ महिना पुगेको हुनु पर्दछ |

४. धितो ऋणको लागि जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद. फाइल ट्रेस नक्शा र चौकिल्ला सिफारिस हुनु पर्दछ |

५. हायरपर्चेज ऋण लगानीका लागि लाईसेन्स अनिबार्य हुनु पर्दछ |