परिचय
“एकका लागि सबै र सबैका लागि एक” भन्ने आर्दश वाक्यांशको प्रयोगले नै सहकारी क्षेत्रलाई सबै वर्ग, क्षेत्र र धर्मको लोकप्रिय व्यवसायीक इकाईका रुपमा स्थापित गरेको छ । एकआपसमा
मिलेर बस्नु, मिलेर सोच्नु र मिलेर काम गर्नुलाई सहकारीता भनिन्छ । यसलाई प्राविधिक रुपमा व्यवसायीक कौशलताको संज्ञा दिएको छ । सहकारीतालाई बुझ्ने सवालमा फरक फरक दृष्टिकोण रहेको पाइन्छ । समाजशास्त्रीहरु सामाजिक उत्पीदनबाट मुक्ति प्राप्त गर्नु नै सहकारीता हो भन्दछन् भने अर्थशास्त्रीहरु वीचौलियाहरु (मध्यस्तहरु) बाट हुने शोषणको मुक्तिकारुपमा सहकारीतालाई लिन्छन् । त्यस्तै समाजवादीहरु वर्ग संघर्ष विना नै शोषण समाप्त पार्ने समाज व्यवस्थाका रुपमा लिएका छन् तरपनि यी सबैका विचार अनुसार शाब्दिक अर्थमा भने मतविभाजन छैन ।
यो संस्था स्थापना बुटवल अटो इन्जिनियरिङ्ग एसोशिएसनमा आवद्ध अटो व्यवसायीहरुको आर्थिक उन्नत व्यवसाय प्रवद्र्धनको सोचका साथ अटो इन्जिनियरिङ्ग एसोशिएसनका तत्कालिन नेतृत्वतहले दिर्घकालिन सोच राखी साझा विचार र निष्कर्ष र सहमतीको आधारमा यो संस्थाको जन्म मिति २०६७/४/२३ गते डिभिजन सहकारी कार्यालय भैरहवाबाट विधिवत रुपमा संस्था दर्ता गरी संचालित छ । यस संस्थाको कार्यालय बुटवल–२, मैनावगरमा अवस्थित छ । संस्थाले यस क्षेत्रका बासिन्दाहरु र अटो व्यवसायीहरुको आर्थिक स्तर कसरी रुपान्तरण गर्न सकिन्छ भनि यसैमा केन्द्रित रही वित्तीय क्षेत्रमा निरन्तररुपमा आफ्नो दैनिक कार्य संचालन गर्दै आइरहेको छ ।